१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको विशेष सभालाई तीन पदाधिकारी लगायतले सम्बोधन गर्ने

अ+ अ-

काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले कैलालीको धनगढीमा आयोजना गर्न लागेको प्रदेशस्तरीय विशेष सभामा एमालेका तीन पदाधिकारी लगायतले सम्बोधन गर्ने भएका छन् ।

आगामी चैत २९ गते धनगढीमा हुने बृहत् विशेष सभामा नेकपा एमालेको उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोख्रेल र सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले प्रदेश उपसचिव तथा प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले जानकारी दिइन् ।

प्रदेश कमिटी सचिवालयको छैटौँ बैठकले बृहत् विशेष सभाको तयारी तीव्र बनाउने निर्णय गर्दै र सम्बोधन गर्ने नेताहरूको बारेमा जानकारी गराइएको थियो ।

‘लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र अराजकताविरुद्ध आयोजन गर्न लागिको कार्यक्रम भव्य बनाउने गरी तयारी गर्ने छलफल भएको छ’ उपसचिव विष्टले भनिन्, ‘केन्द्रीय तीन पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । ’

नेकपा एमालेले देशभर सञ्चालन गरिरहेको वडा केन्द्रित टोल अभियानको निरन्तरताका रूपमा कैलालीमा सभा आयोजना गर्न लागिएको उनले बताइन् ।

सभामा सबै तहका नेता, कार्यकर्ता, तथा परिवर्तन पक्षधर आम जनतालाई सहभागी हुने गरी व्यवस्था गर्न सचिवालय बैठकमा एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले बताएका थिए ।

पार्टीले यस सभालाई सुदूरपश्चिममा शक्ति प्रदर्शनसहित जनचेतना अभिवृद्धिका रूपमा लिएको छ।

सचिवालय बैठकमा सभाको व्यवस्थापन र तयारीसहित पार्टीलाई अझै जनमुखी केन्द्रित बनाउने बारे छलफल भएको थियो । स्ववियु निर्वाचनको समीक्षा गर्दै बाकी रहेका कलेजहरूमा अखिललाई जिताउने गरी लाग्ने, अधिवेशन गर्न वाकी रहेका सबै कमिटीहरूको वैशाख १५ सम्म अधिवेशन सम्पन्न गर्ने, सदस्यता नवीकरण र अनलाइन अभिलेखीकरणलाई अगाडी बढाउने सचिवालयले निर्णय गरेको छ ।

पार्टी गतिविधि विरुद्ध लागेको भन्दै एमाले प्रदेश सल्लाहकार गोविन्द कुवरलाई कारबाही गर्न सचिवालय बैठकले केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस