काठमाडौँ । स्रोत खुलाउन नसकेको ७ लाख रुपैयाँभन्दा बढी रकमसहित विराटनगरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार सोमबार दिउँसो करिब २ बजे विराटनगरको महेन्द्र चौकका २४ वर्षीय रोहितकुमार साहलाई शंका लागेर चेक गर्ने क्रममा रकम बरामद गरिएको हो।
उनको साथबाट स्रोत खुल्न नसकेको ७ लाख १५ हजार नेपाली रुपैयाँ भेटिएको डीएसपी जोशीले बताए।
साहको साथबाट बरामद गरिएको सो रकम अवैध हुन्डी कारोबारको हुनसक्ने प्रहरीको आशंका छ।