२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संविधानको शपथ लिने, तर मान्दिनँ भन्ने इमानदारीको खडेरी हो’ : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ लिएर संसद्मा प्रवेश गर्ने अनि संविधानलाई अस्वीकार गर्ने प्रवृत्तिलाई इमानदारीको खडेरीको संज्ञा दिएका छन् । फोरियन अफेयर्स मिडियाले आयोजना गरेको ‘हिमालयन डायलग’ को पहिलो शृङ्खलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरे । 

प्रधानमन्त्री ओलीले सामन्ती शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको उल्लेख गर्दै राजनीतिक परिवर्तनपछि जनताको ठूलो अपेक्षाबीच विकास र सुशासनको यात्रालाई तीव्रता दिन सरकारले भरमग्दुर प्रयास गरिरहेको बताए ।  “पराजित सामन्तवाद अझै मलाई फर्कन मन छ भन्न छाडेको छैन, मलाई साथ देऊ भनिरहेछ,” राजतन्त्रवादीहरूतर्फ सङ्केत गर्दै उनले भने, “संविधानको व्यवस्थाअन्तर्गत शपथ लिएर संसद्मा आएपछि संविधान मान्दिनँ भन्नु इमानदारीको अभाव हो। यसले सङ्क्रमणकाल लम्बिने जोखिम देखिन्छ।”

उनले जायज माग लिएर आउनेको कुरा सरकारले सुन्ने र संवादमार्फत समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरे। “हावा जता ढल्किन्छ, त्यतै बग्ने प्रवृत्ति पनि छ। तर, जायज माग लिएर आउँदा हामी सुन्छौँ। सडकमा कसैले दुःख पाउनुपर्दैन। शिक्षकहरूले सडकमा बसिरहनु पर्दैन। हामी उहाँहरूका मागलाई उचित रूपमा सम्बोधन गर्छौँ,” उनले थपे । 

प्रधानमन्त्री ओलीले नेपालले आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तर्राष्ट्रिय सम्बन्धका केही दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए। बङ्गालको खाडीको तातो हावालाई रोक्ने र समुद्रलाई अत्यधिक तातिनबाट जोगाएर मरुभूमिकरण रोक्ने काम नेपालका हिमालले गरिरहेको उनले बताए । 

“हाम्रो देश भौगोलिक, प्राकृतिक र सांस्कृतिक रूपमा विविधताले भरिएको छ। यो विविधताबिच एकता अपरिहार्य छ। एकताबिना हामीले चाहेका उपलब्धि हासिल गर्न सकिँदैन,” उनले भने, “विविधता अभिशाप होइन, सम्पत्ति हो। राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्या आउँदा नेपाल एकजुट भएर समाधानतर्फ लाग्नुपर्छ।”

उनले विश्वमा आदर्श कमजोर र स्वार्थ हाबी हुँदै गएको अवस्थामा राष्ट्रिय हितलाई प्राथमिकता दिँदै विश्वको सुरक्षा र मानवीय हितमा नेपालले योगदान पुर्‍याउनुपर्ने बताए । “भूराजनीतिका नाममा कमजोरी लुकाउनु हुँदैन। भूराजनीतिक सचेतनासहित राष्ट्रिय हितलाई अगाडि बढाउनुपर्छ,” उनले भने, “अन्तर्राष्ट्रिय जवाफदेहीतासहितको न्यायपूर्ण राष्ट्रिय हित र विचारलाई त्याग्नुपर्छ भन्ने होइन। कुनै छिमेकीसँग बढी मित्रता देखाउने खालको पक्षपातपूर्ण राजनीति गर्नुहुँदैन। हामी कसैको सामरिक गठबन्धनमा सामेल हुँदैनौँ। हामी शान्तिको पक्षमा छौँ।”

हिमालयन संवादको पहिलो शृङ्खलामा विभिन्न राजनीतिक दलका नेता र कूटनीतिक क्षेत्रका विज्ञहरूले नेपालको परराष्ट्र नीतिका विषयमा दुई सत्रमा छलफल गर्ने फोरियन अफेयर्स मिडियाका अध्यक्ष गोपाल खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस