काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ ।
प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी काठमाडौँका विभिन्न स्थानमा दिउँसो पाँच घण्टासम्म बिजुली बत्ती कटौती हुने जानकारी दिएको हो।
‘बलम्बु उप वितरण केन्द्र अन्तर्गत मातातीर्थ सब स्टेसनमा रहेको सतुंगल फिडरको सबस्टेसन गेटदेखि बौथलीसम्म बाटो चौडा गर्ने सिलसिलामा पुरानो पोलहरूबाट नयाँ पोलमा लाइन तान्ने भएकाले विभिन्न स्थानहरूमा बिहान ११:०० देखि बेलुका १६:०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने ब्यहोरा सर्वसाधारणको जानकारीका लागि अनुरोध गरिन्छ ।’, प्राधिकरणको सूचनामा उल्लेख छ ।
