काठमाडौँ । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौँको महाबौद्धबाट एक जनालाई पक्राउ गरिएको छ ।
काठमाडौँ महानगरपालिका-२७ स्थित महाबौद्धबाट भारतको सुजा-३ जोगिन्दर नगर घर भई काठमाडौँ महानगरपालिका-६ बौद्ध बस्दै आएकी तिब्बती मूलकी २६ वर्षीया रिक्से वांमो पक्राउ परेकी हुन् ।
उनको साथबाट प्रहरीले २० लाख ९२ हजार रुपैयाँ नगद र एउटा आइफोन बरामद भएको प्रहरीले जनाएको छ ।
हुन्डी कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले वांमोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पक्राउ परेकी वांमोलाई काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।