काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेशको मुख्यमन्त्री कार्यालयबाट विभिन्न योजनाका फाइलहरू नियन्त्रणमा लिएको छ।
अख्तियारले सफ्टवेयर खरिद र सुरक्षा उपकरण खरिद सम्बन्धित फाइलहरू नियन्त्रणमा लिएको हो ।
अख्तियारको बर्दिबासको टोलीले ती योजनाका फाइल नियन्त्रणमा लिएको कार्यालयका प्रमुख राम बहादुर कुरुम्वाङले बताएका छन् ।
तीन महिनाअघि अख्तियारमा परेको उजुरीको आधारमा छानबिन गर्न सम्बन्धित फाइलहरू नियन्त्रणमा लिएको कुरुम्वाङले बताए ।
कुरुम्वाङका अनुसार आर्थिक वर्ष २०७७-०७८ मा निजामती पीआइएस सिस्टम, अफिस अटोमेसन सिस्टम र जिन्सी अटोमेसन सिस्टम लगायतका खरिद भएका सफ्टवेयर अहिलेसम्म प्रयोगमा छैन। सफ्टवेयरहरू एक करोडभन्दा बढीमा खरिद भएको थियो ।
यस्तै मुख्यमन्त्री स्वच्छता अभियान मुख्यमन्त्री कार्यालयबाटै आर्थिक वर्ष २०७५-०७६ देखि २०७७-०७८ सम्म चलेको थियो । यी कार्यक्रमको सबै फाइल अख्तियारले नियन्त्रणमा लिएको हो ।