हेटौँडा। मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोबर गाउँपालिका-३स्थित सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ ।
काभ्रे घर भई सिस्नेरी मामाघर आएका दुई बालक र सिस्नेरी डोडारेका एक बालकको सिस्नेरी बजार पछाडि खोलामा पौडी खेल्ने क्रममा आज अपराह्न करिब साढे ४ बजे डुबेर मृत्यु भएको घटनास्थलबाट इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
इन्द्रसरोबर-३ सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका छोरा १४ वर्षीय सुशान्त आचार्य, काभ्रेको फूलबारी दाप्चा घर भएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनीको डुबेर मृत्यु भएको प्रहरीको भनाई छ । घोरासैनी दाजुभाइ हुन भने आचार्य मामाका छोरा हुन् ।
उनीहरू सिस्नेरी खोलाको ढुंगाको ओढारमा जमेको पानीमा घरबाट पौडी खेल्न भनेर गएका थिए ।