काठमाडौँ । प्रतिनिधि सभामा भइरहेको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।
अहिले संसद् भवन नयाँ वानेश्वरमा सभामुख घिमिरे र प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूको छलफल जारी छ ।विपक्षी दलहरूले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलामान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएका छन् ।
प्रधानमन्त्रीले भोलि चैत १८ गते प्रतिनिधि सभामा सम्बोधन गर्ने बताइएको छ ।