भक्तपुर । पूर्वराजाका समर्थकहरूले शुक्रबार जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको जडीबुटीस्थित कार्यालयमा लगाएको आगो चार घण्टा पछि निभाइएको छ ।
कोटेश्वरबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदर्शनकारीले एक्कासी प्रशोधन कम्पनीमा प्रवेश गरी अपरान्ह आगजनी गरेका थिए । आगो निभाउन परिचालित जुद्ध वारुण यन्त्र भक्तपुरका तीन वटा, काठमाडौँ महानगरपालिकाका दुई र ललितपुर महानगरपालिकाको एक गरी छ वटा दमकलले चार घण्टामा आगो निभाएको जुद्ध बरुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिए ।
उनले भने, “जम्मा छ वटा दमकलले राति नौ बजे आगो निभाएर फर्कियौँ ।” उनले सन्चोलगायत जडीबुटीका औषधि बनाउँदा प्रयोग हुने केमिकल बलेपछि आगो थप बढेकाले निभाउन समय लागेको बताए ।
आगो निभाउन गएको जुद्ध वारुण यन्त्रको एक दमकलसमेत ओन्दालनकारीले तोडफोड गरेको कार्यालय प्रमुख धौभडेलले जानकारी दिए ।