१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप क्रिकेटमा भोली उपाधिका लागि आर्मी र पुलिस भिड्दै

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको शनिबार उपाधि भिडन्त हुँदैछ । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब उपाधि जित्न आमनेसामने हुँदैछन् । पुलिस साविक विजेता हो ।

भैरहवामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरी र आर्मीका कप्तान विनोद भण्डारीले आफूहरू उपाधि प्रतिस्पर्धाका लागि तयार रहेको बताए ।

सिद्धार्थ क्रिकेट मैदानमा यी दुई टीमबीच शनिबार उपाधिका लागि स्पर्धा हुनेछ । पत्रकार सम्मेलनमा भण्डारीले प्रधानमन्त्री कपले नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने जनाए ।

काठमाडौँ बाहिर सबै खेल हुँदा क्रिकेटमा नयाँ उत्साह ल्याएको बताउँदै उनले विगतको भन्दा यस पटक भैरहवाको मैदानको पिच राम्रो भएको जनाए ।

नियमित काठमाडौँमा खेल्दा र बाहिरका मैदानमा खेल्दा केही फरक परे पनि आर्मी प्रतिस्पर्धाका लागि तयारी रहेको उनको भनाइ छ ।

पुलिसका कप्तान ऐरीले क्रिकेट विकेन्द्रीकृत भएर विकास भएकोमा खुशी व्यक्त गरेका छन् ।

उनले भोलि आफूले बनाएको रणनीति मैदानमा देखाउने जनाएका छन् ।

सन् २०१७ देखि सुरु भएको प्रधानमन्त्री कपमा अहिलेसम्म नेपाल पुलिस क्लबले दुई पटक उपाधि जितेको छ । आर्मीले एक पटकमात्रै उपाधि हात पारेको छ । गत वर्ष फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि हात पारेको थियो । आर्मी यस पटक त्यो बदला लिन चाहन्छ ।

यस पटक प्रधानमन्त्री कपमा खेलेका ९ खेलमध्ये यी दुवै टीमले ८-८ खेल जितेका छन् । आर्मीले भने आफ्नो अन्तिम खेलमा बिहीबार पुलिसलाई हराएको थियो । फाइनल पुग्दा आर्मी रनरेटमा पहिलो बन्दा पुलिस दोस्रो बनेको छ । पहिलो पटक प्रधानमन्त्री कपका सबै खेल लुम्बिनी प्रदेशमा भयो ।

भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल भएको हो । कुल ४६ खेलमध्ये ४५ खेल सम्पन्न भएर अन्तिम उपाधि प्रतिस्पर्धा हुँदैछ । फागुन २५ सुरु भएको यस सिजनको प्रधानमन्त्री कपको शनिबार समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस