२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चैत ३० गते दमकमा १ लाख जनता उतार्ने एमालेको दाबी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले चैत ३० गते झापाको दमकमा जनसभा तथा प्रदर्शन गर्ने भएको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका ईञ्चार्ज शेरधन राईले सभामा एक लाख जनता उतार्ने बताए ।

आज दमकमा प्रेस चौतारी झापाले गरेको पत्रकार सम्मेलनमा राईले प्रतिगामीहरूलाई टाउको उठाउन नदिन एमालेले बृहत् जनसभाको तयारी गरेको बताए ।

जरा अभियान मार्फत वडा, टोलसम्म कार्यक्रम सञ्चालन गरिरहेको एमालेले प्रतिगामीलाई तह लगाउँदै प्राप्त उपलब्धी रक्षाका लागि सक्षम रहेको धारणा उनले राखे । उनले नेकपा एमाले, नेपाली काँग्रेस उपलब्धी रक्षाका लागि चुप लागेर नबस्ने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेता राईले मुलुकमा राजनीतिक अस्थिरता र प्रतिगामी तत्त्वहरू सल्वालाएकाले जनतालाई सचेत गराउन आवश्यक रहेको बताएका थिए । एमालेको मिसन ०८४ र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई कमजोर बनाउन प्रतिगामीहरूले अराजक गतिविधि बढाइएको उनको दाबी छ ।

नेकपा एमाले अहिले पार्टी सुदृढ एवम् बलियो आधार तयार गर्न परिचालन भइरहेको बेला अराजक तत्त्वहरूले मुलुकमा अवाञ्छित गतिविधिहरू गरेको उनको आरोप छ ।

बृहत् जनसभामा २ हजार स्वयंसेवक परिचालन गर्ने तयारी गरिएको छ । जनसभामा नेकपा (एमाले_ का नेता, कार्यकर्ता र सदस्यहरू परिचालित हुने छन् । जनसभा तयारीका लागि ईञ्चार्ज राईको संयोजकत्वमा जनपरिचालन कमिटी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस