काठमाडौँ । इलाका प्रहरी कार्यालय लहानका, सिरहाका प्रमुख तथा डीएसपी वीरेन्द्र पासवानको जिम्मेवारी खोसिएको छ ।
बुधबार प्रहरी प्रधान कार्यालयले उनको जिम्मेवारी खोस्दै हेडक्वाटर तानेको हो । उनी करिब दुई महिनाअघि मात्रै लहानको कमाण्ड गर्न पुगेका थिए ।
यसअघि सोमबार मात्रै प्रहरी हेडक्वार्टरले सिरहाका एसपी रमेश पण्डितको पनि हेडक्वाटर तानिएका थिए ।
सम्बन्धित समाचार : गृहसचिवको चासोपछि सिराहाका एसपी हेडक्वार्टर तानिए
उनको ठाउँमा अर्का एसपी अनन्तराम शर्मालाई पठाइएको छ । यसअघि सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको पनि जिम्मेवारी खोस्दै गृह मन्त्रालय तानिएको थियो ।
सम्बन्धित समाचार : सिराहाका सिडिओ गृह मन्त्रालय तानिए