२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कागजविहीन अदालतको यात्रामा अघि बढ्न तपाईँहरू तयार हो ? भन्दै प्रधान न्यायाधीशको प्रश्न

अ+ अ-

काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले कागजविहीन अदालतको यात्रामा सर्वोच्च अदालत अघि बढिसकेको बताएका छन् ।

मंगलबार सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई दिइने पेशीको सूचना पठाउने अनलाइन प्रणाली तथा जिल्ला अदालतहरूको विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको शुभारम्भ गर्दै प्रधान न्यायाधीश राउतले उक्त कुरा बताएका हुन् ।

उनले कागजविहीन अदालतको यात्रामा अघि बढ्ने कुरामा वकिल, न्यायाधीश, कानुन व्यवसायी सबैलाई तयार हुन आग्रह गरे । उनले प्रश्न गरे, ‘हामी पेपरलेस कोर्टको यात्रामा गएको छौँ । प्रश्न कहाँनेर छ भने त्यसको लागि विद्वान कानुन व्यवसायी, सरकारी वकिल साथीहरू र हामी अदालतका सबै तयार भएका हौँ कि होइनौँ ? ‘

प्रधान न्यायाधीश राउतले अब पनि ढिलो भयो भने फेरि न्यायिक सुधार हुन नसक्ने जिकिर गरे । ‘अब पनि ढिलो भयो भने फेरि न्यायिक सुधार हुँदैन । यो बटमलाइन हो’ उनले भने, ‘हामीले न्यायिक सुधार गर्नैपर्ने भएको छ । न्यायिक सुधार गर्ने आधार र माध्यम धेरै होलान् तर, एउटा माध्यम प्रविधिमार्फत हुने सुधार हो ।’

प्रविधिले दिगो, पारदर्शी र विश्वसनीय बनाउन मद्दत पुग्नुका साथै अनियमितता, विकृति र विसंगति हटाउने उनले बताए । प्रविधिगत सुधारले न्यायिक सुधारलाई सघाउने र जसरी भए पनि यस्तो सुधार गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस