काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय परिषद् समितिको बैठक बोलाएको छ । प्रवक्ता डा. शरदसिंह यादवका अनुसार शुक्रबार बस्ने गरी बैठक बोलाइएको हो ।
बैठक पार्टी कार्यालय छेउमा रहेको सनराईज क्याफेमा बिहान ९ बजेदेखि सुरु हुने उनले बताए ।
बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, नाउपासँग गर्न लागेको एकतालगायतको विषयमा छलफल हुने जनाइएको छ ।