२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसदहरूले भने-‘प्रधानमन्त्री होइन‚ प्राज्ञिक व्यक्तिलाई कुलपति बनाऔँ’

अ+ अ-

काठमाडौँ । सांसदहरूले खुला प्रतिस्पर्धाबाट प्राज्ञिक व्यक्तिलाई विश्वविद्यालयका कुलपति बनाउनुपर्ने माग गरेका छन्। 

प्रधानमन्त्रीले मात्र धेरै विश्वविद्यालय हेर्न नसक्ने उनीहरूको तर्क राख्दै यस्तो माग गरेका हुन्।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रधानमन्त्रीलाई नै कुलपति बनाउने विषयमा मन्त्रालयको मस्यौदा र राष्ट्रिय सभाको म्याण्डेटलाई पालना गर्नुपर्ने बताइन्। उनले कुलपतिमा प्रधानमन्त्रीलाई नै निरन्तरता दिने कुरामा सर्वसहमत हुन आग्रह गरिन्।

शिक्षामन्त्री भट्टराईले भनिन्‚ ‘प्रधानमन्त्रीलाई निरन्तरता दिऊँ भन्ने सद्भावका साथका आएको छ। म यसलाई सम्मान गर्न चाहन्छु। प्रधानमन्त्रीलाई नै कुलपति राख्ने गरी जाऊँ भन्ने मन्त्रालयको मस्यौदा, राष्ट्रियसभाको म्याण्डेटलाई अपनत्व गरेर जाने कि भन्ने अनुरोध गर्न चाहन्छु।’

नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले उपकुलपति सहितका पदाधिकारीहरूको नियुक्ति वैज्ञानिक प्रतिस्पर्धाका आधारमा गरिनुपर्ने बताए। उनले कुलपति समेत प्रधानमन्त्री रहने व्यवस्था ठिक नभए पनि बाध्यताले सहमति गर्नुपरेको बताए। कुलपतिको विषयमा प्रधानमन्त्रीसँग स्वयं कुरा गर्ने उनको भनाइ छ। 

प्रमुख प्रतिपक्षी दलका सांसद देवेन्द्र पौडेलले दलीय प्रणालीमा स्थिर सरकार हुन नसक्ने भन्दै प्राज्ञिक व्यक्तिलाई कुलपति बनाउनुपर्ने धारणा राखे। पढेलेखेको योग्य व्यक्तिले विश्वविद्यालयको नेतृत्व गर्ने कुरा सकारात्मक भएकाले सहमति गर्नुपर्ने उनको धारणा थियो।

आइतबार सिंहदरवामा बैठकमा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको छलफलमा उक्त व्यवस्थासहित विधेयकको दफा २१ लाई बहुमतले पारित गरेको हो।

शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित भएर शिक्षा समितिमा आएको हो। सरकारले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजको संरचनामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस