काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को सहायक डिनमा सहप्राध्यापक डा. सन्तकुमार दास नियुक्त भएका छन् ।
बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले शुक्रबारदेखि लागु हुने गरी डा. दासलाई सहायक नियुक्त गर्ने निर्णय गरेको हो ।
डा. दास छाती रोग विशेषज्ञ हुन् । उनी यसअघि त्रिवि शिक्षण अस्पतालको सहायक निर्देशक समेत भएका थिए ।
कार्यकारी परिषद् समक्ष डा. दाससँगै डा. खेमबहादुर कार्की र डा. पलेस्वाँ जोशी लाखे सिफारिस भएका थिए ।