१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेनको आणविक संयन्त्रहरू अमेरिकी नियन्त्रणमा राख्ने ट्रम्पको भनाइ

अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई अमेरिकाले युक्रेनको आणविक ऊर्जा संयन्त्रको स्वामित्व लिन र सञ्चालन गर्न सक्ने बताएका छन् । यो रुसको आक्रमणमा युद्ध विराम सुनिश्चित गर्ने उनको नवीनतम प्रयासको हिस्सा हो ।

रुस र युक्रेनबीच सम्भावित युद्ध विरामको सुरक्षा गर्न इच्छुक लगभग ३० देशका सैन्य प्रमुखहरू बिहीबार बेलायतमा शान्ति सेना योजनाको बारेमा छलफल गर्न तयार भएपछि यो प्रस्ताव आएको हो ।

बुधबार ट्रम्पसँगको कुराकानीपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा यस्तै आक्रमण रोक्न सहमत भएको एक दिनपछि रुसको ऊर्जा सञ्जाल र पूर्वाधारमा आक्रमण रोक्न किएभ ‘तयार’ रहेको बताए ।

जेलेन्स्कीले ट्रम्पको विद्युत् संयन्त्र अधिग्रहण योजनाको बारेमा पनि छलफल गरेको बताए । “हामीले केवल रुसी कब्जामा रहेको एउटा बिजुली संयन्त्रको बारेमा कुरा गर्‍यौँ”, फिनल्यान्डको आधिकारिक भ्रमणमा रहेका जेलेन्स्कीले अनलाइन ब्रिफिङमा जापोरिज्जियामा रहेको संयन्त्रलाई उल्लेख गर्दै भने ।

उनले रुसलाई छुट दिन ट्रम्पबाट ‘कुनै दबाब महसुस नगरेको’ बताए ।

तर मंगलबार ट्रम्पसँगको आफ्नै कुराकानीमा पुटिनले पश्चिमले पहिले युक्रेनका लागि सबै सैन्य सहायता रोक्नुपर्ने जोड दिएकाले व्यापक युद्ध विराम अझै अस्पष्ट छ ।

बेलायतका प्रधानमन्त्री किर स्टार्मर र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमा बेलायती र फ्रान्सेली सैनिकहरू राख्न तयार रहेको बताएका छन् ।

बेलायत सरकारले ‘उल्लेखनीय सङ्ख्यामा’ राष्ट्रहरू त्यसो गर्न तयार रहेको बताएको छ तर कति देशहरू इच्छुक छन् भन्ने कुरा स्पष्ट छैन ।

जेलेन्स्कीसँगको कुराकानीपछि बुधबार ट्रम्पको स्वर उल्लेखनीय रूपमा सकारात्मक थियो । हालसालै ओभल अफिसमा दुई जनाबीच टेलिभिजनमा प्रसारित विवाद भए भए पनि ह्वाइट हाउसले यसलाई ‘अद्भुत’ भनेर वर्णन गरेको छ ।

“ट्रम्पले ‘युक्रेनको विद्युत् आपूर्ति र आणविक ऊर्जा संयन्त्रहरू’ बारे छलफल गर्नुभयो र वासिङ्टनले तिनीहरूलाई चलाउन ‘धेरै सहयोगी’ हुनसक्ने बताउनुभयो”, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र विदेशमन्त्री मार्को रुबियोले संयुक्त विज्ञप्तिमा भने “ती संयन्त्रको अमेरिकी स्वामित्व त्यस पूर्वाधारका लागि उत्तम सुरक्षा हुनेछ ।”

युद्ध अन्त्य गर्दै
ट्रम्पले किएभलाई युरोपबाट थप हवाई सुरक्षा उपकरण प्राप्त गर्न र रुसद्वारा ‘अपहरण’ गरिएका युक्रेनी बालबालिकाहरू फेला पार्न मद्दत गर्ने वचन पनि दिएको विज्ञप्तिमा उल्लेख छ ।

उनले यसअघि आफ्नो ट्रुथ सोसल नेटवर्कमा पूर्ण युद्ध विराम गर्ने प्रयासहरू ‘धेरै नै ट्र्याकमा छन्’ भरेका थिए ।

जेलेन्स्कीले युक्रेनी र अमेरिकी अधिकारीहरू आउँदो दिनमा साउदी अरबमा नयाँ वार्ताका लागि भेट्न सक्ने बताए । त्यहाँ रुसी र अमेरिकी टोलीहरू पनि आगामी हप्ताको सुरुमा भेट्ने अपेक्षा गरिएको छ ।

मस्कोले बुधबार रुस र युक्रेनले तीन सय ७२ कैदी साटासाट गरेको बताएको छ । यो ट्रम्प–पुटिन फोन वार्तापछि सद्भावना संकेतका रूपमा योजना बनाइएको थियो ।

यद्यपि किएभ र मस्कोले एक अर्कालाई निरन्तर आक्रमणको आरोप लगाएका छन् ।

रूसले देशभरका विभिन्न क्षेत्रमा रातभर भएको आक्रमणमा एक सय ३२ युक्रेनी ड्रोन नष्ट गरेको बताएको छ ।

युक्रेनी आपत्कालीन सेवाले बिहीबार मध्य युक्रेनको क्रोपिवनित्स्कीमा रहेको आवासीय भवनमा रुसी ड्रोन हमलामा एक बालकसहित आठ जना घाइते भएको बताएको छ ।

पुटिनलाई विश्वास नगर्नुहोस्
प्रमुख बाधा पुटिनको पूर्ण युद्ध विरामको प्रतिरोध नै रहेको छ । किएभ र केही पश्चिमी सहयोगीले रुसी राष्ट्रपतिलाई कसरी विश्वास गर्न सकिँदैन भनेर जोड दिन्छ ।

मंगलबार ट्रम्पसँगको कुराकानीमा पुटिनले युक्रेनलाई अर्बौँ डलरको सैन्य सहायता रोक्ने मस्कोको लामो समयदेखिको मागमा पश्चिम सहमत भएमा मात्र पूर्ण युद्ध विराम सम्भव हुने कुरामा जोड दिएका थिए ।

पुटिनले युक्रेनलाई पुनः हतियार राख्न नदिने र अनिवार्य सैन्य भर्ती रोक्नुपर्ने माग पनि गरेका छन् । मस्को र वासिङ्टन फोन वार्ताको नतिजामा समेत असहमत थिए ।

क्रेमलिनले विद्युत् संयन्त्रमा आक्रमण रोक्ने बारेमा मात्र छलफल गरेको बताएको छ तर ह्वाइट हाउसले वार्तामा ऊर्जा र अन्य नागरिक पूर्वाधार दुवै समावेश भएको जोड दिएका छन् ।

पुटिनलाई ट्रम्पको आग्रह र वासिङ्टनले अब युरोपेली सुरक्षाको ग्यारेन्टी नगर्ने संकेतले किएभ र संयुक्त राज्य अमेरिकाका नाटो सहयोगीहरूलाई पनि त्रास उत्पन्न गराएको छ ।

“म पुटिनलाई पटक्कै विश्वास गर्दिन, एउटा शब्द पनि होइन । उहाँले केवल बल बुझ्नुहुन्छ”, किएभका ३२ वर्षीय बासिन्दा लेभ शोलोउड्कोले भने ।

मस्कोमा स्थानीय बासिन्दाहरू वार्ताले रुसको फाइदाका लागि लडाइँको अन्त्य गर्न सक्ने कुरामा बढी आशावादी थिए ।

“निश्चित रूपमा यो हाम्रो पक्षमा छ”, मस्कोकी ४६ वर्षीया बासिन्दा लारिसाले नाजी जर्मनीमाथि सोभियत संघको विजयलाई उल्लेख गर्दै भने, “अरु कुनै उपाय छैन । सन् १९४५ मा जे भयो, अहिले पनि त्यही हुनेछ ।”

प्रतिक्रिया दिनुहोस