१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. बाबुराम भट्टराईको दाबी: ‘तीन टाउकाले देश डुबाए’

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा विद्यमान समस्याको समाधानका लागि लोकतान्त्रिक स्थायित्व चाहिएको बताएका छन् ।

राजधानीमा बुधबार भएको कार्यक्रममा भट्टराईले लोकतान्त्रिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीमै जानुपर्ने बताए ।

‘नेपालको जुन समस्या छ, त्यो भनेको यी तीन टाउकारूपी वैद्य हुन् । वैद्यहरू जटिबुटीहरू पिलाउँदै आएका छन् । तर, समस्या समाधानका लागि शल्यक्रिया नै गर्नुपर्ने अवस्था छ । यी वैद्य र झाँक्रीले शल्यक्रिया गर्ने सामर्थ्य राख्दैनन्,’ उनले भने ।

भट्टराईले तीनवटा टाउकाले आफूलाई छोटे राजाजस्तो बनाएको चर्चा गरे । संविधान जारी भएपछिको ९ वर्षमा ११ सरकार परिवर्तन भएको भन्दै भट्टराईले राजनीतिक अस्थिरताको चर्चा गरे ।

उनले भने, संविधान जारी भएको ९ वर्षमा ११ सरकार परिवर्तन भएको छ । समस्याको हलका लागि लोकतान्त्रिक स्थायित्व चाहियो । एउटा सरकारले कम्तीमा ५ वर्ष, १० वर्ष एउटा नीति बनाएर लागू गराउन सकोस् । यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान ढिला गर्नु भएन ।’

उनले तीनवटा टाउकाले पालैपालो सरकार चलाइरहेको र सरकारबाट बाहिरिने बित्तिकै जनतामा गएर सबै बिग्रियो, सबै सकियो भनेर रणभुल्ल पार्ने गरेको बताए ।

‘तीनवटा टाउका पालैपालो सरकार चलाइरहेका छन् । सरकारमा बस्दा जनतालाई समृद्धि आयो, सुख-शयल आयो भन्छन्,’ पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘सरकार गएको भोलिपल्टैबाट बाहिरिएपछि खत्तम भयो भनेर कराउँछन् । जनता रणभुल्लमा छन् ।’

उनले यहाँका तीन दलका शीर्ष नेतालाई छिमेकीले पनि बेलाबेला उचाल्ने गरेको दाबी गरे ।

‘छिमेकीले पनि सुँड घुसारेर कहिले झाँक्रीलाई, कहिले वैद्यलाई उचाल्ने गरेका छन्,’ उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस