१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वर्गद्वारी गुठीपीडितको समस्या समाधन गर्ने प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘गुठी संस्थान ऐन, २०३३’ संशोधन गरेरै भए पनि ‘स्वर्गद्वारी गुठीपीडित किसान’ को समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधि सभाको ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति’ को आजको बैठकमा सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले ऐन संशोधनका निम्ति ‘ड्राफ्ट’ भइसकेको बताएका हुन् ।

‘स्वर्गद्वारी गुठीलगायत भूमिसँग सम्बन्धित समस्या समाधानका निम्ति भूमिसम्बन्धी अध्यादेश ल्याएको हो, तर संसद्मा पेस गर्ने वातावरण भएन, अब हामीले गुठी ऐनका बुँदाहरू संशोधन गरेर गुठीपीडितको समस्या समाधान गर्ने पक्षमा छौँ, ‘मन्त्री अधिकारीले भने ।

जतिसक्दो चाँडो गुठी विधेयक ल्याउनुपर्ने र किसानले जोतभोग गरेको जग्गाको स्वामित्व पाउनुपर्ने, गुठी जग्गा ‘रैकर’ गरी किसानलाई जग्गाधनी प्रमाण पुर्जा दिनुपर्ने, जोताहाका नाममा दर्ता हुन बाँकी जग्गाको स्रेस्ता कायम गरी रैकर पुर्जा उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै ‘गुठीपीडित किसान संघर्ष समिति’ को नेतृत्वमा स्वर्गद्वारी गुठीपीडित मोही किसानहरूले गत माघ २० गतेदेखि काठमाडौँको माइतीघर मण्डलमा धर्ना दिँदै आएका छन् ।

मन्त्री अधिकारीले बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्वासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गालगायत भूमिसँगसम्बन्धी समग्र समस्या समाधान गर्न सबैभन्दा पहिला ऐन बनाउनुपर्ने आवश्यकता औँल्याए । भूमि सुधार ऐन २०२१ लाई परिमार्जन गर्दै नयाँ ऐन ल्याउनका लागि ऐनको ड्राफ्ट भइरहेको उनको भनाइ छ ।

सांसद भानुभक्त जोशीले सरकार छिटो परिवर्तन हुने भएकाले भूमि समस्या समाधान आयोगले तीव्र रूपमा काम गर्न नसकेको बताए । उनले खोलाको किनार अतिक्रमण गरेर बसोबास गर्ने परिवारका लागि ठोस समाधानको उपाय खोज्नुपर्ने बताए । सांसद सूर्यप्रसाद ढकालले भूमिसम्बन्धी समस्यालाई सधैँका लागि समाधान गर्ने गरी सरकारले काम गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस