काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनर्स्थापना लागि आन्दोलनमा जाने घोषणा गरेको छ । आन्दोलनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देन आफैँले लिएका छन्।
आउँदो चैत १२ गते अध्यक्षको नेतृत्वमा रहेको आन्दोलन मूल समितिको बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
आज बसेको कार्यसम्पादन समितिको बैठकले आन्दोलन परिचालन समितिको भूमिका खुम्च्याएको छ ।







