काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मन्त्रीहरूसँग कार्य प्रगतिको समीक्षा गरेका छन् ।
मुख्यमन्त्री लामाले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चालु आर्थिक वर्षको कार्य प्रगतिको समीक्षा गरेका हुन् ।
प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेट तथा कार्यक्रमहरू कार्यान्वयनको अवस्था बारेमा मुख्यमन्त्री लामाले विभागीय मन्त्रीहरूसँग कार्य सञ्चालनको सन्दर्भमा रहेको समस्याहरूको बारेमा समेत छलफल गरेका थिए । छलफलमा मुख्यमन्त्री लामाले मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता अनुसारको रिपोर्ट पेस गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री लामाले हरेक महिना मन्त्रालयमा सचिवहरूसँग कार्य सम्पादन मूल्यांकन तयार गर्न र तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गर्न निर्देशन दिएका हुन् ।
उनले प्रदेश सरकारको पुँजीगत खर्च बढाउन र आर्थिक मितव्ययिता कायम गर्न मन्त्रीहरूलाई निर्देशन गरेका छन् ।
साताको ४ दिन अनिवार्य रूपमा मन्त्रालयमा बस्न उनले मन्त्रीहरूलाई निर्देशन गरेका छन् ।