१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी महानिरीक्षक कुँवरको बिदाइ सन्देश: संगठनप्रति आभार, सेवा निरन्तरताको अपेक्षा

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) बसन्त बहादुर कुँवरले तीन दशक लामो सेवा अवधिपछि अनिवार्य अवकाशमा जानुअघि संगठनका सम्पूर्ण प्रहरी कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् । 

सोमबार एक विशेष धन्यवाद सन्देश जारी गर्दै महानिरीक्षक कुँवरले गौरवशाली संगठनमा सेवा गर्ने अवसरप्रति गौरवान्वित रहेको बताउँदै संगठनको श्रीवृद्धि तथा कानुन कार्यान्वयनको सुदृढीकरणमा आफूले पुर्‍याएको योगदान स्मरण गरेका छन्। उनले शान्ति सुरक्षाको प्रत्याभूति, अपराध नियन्त्रण, अनुसन्धान प्रणालीलाई प्रमाणमुखी बनाउने प्रयास तथा मानव अधिकार संरक्षणलाई आफ्नो कार्यकालका प्रमुख प्राथमिकता रहेको बताएका छन् । 

‘नेपाल प्रहरी जस्तो गौरवशाली संगठनको सदस्य भई देश र जनताको सेवा गर्ने अवसर पाउनु मेरो लागि गर्वको विषय हो। सेवा अवधिभर मैले संविधान र प्रचलित कानुन प्रदत्त जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने प्रयत्न गरेँ,’ कुँवरले सन्देशमा उल्लेख गरेका छन्।

अमर प्रहरीप्रति श्रद्धाञ्जली, संगठनप्रति आभारसहित आईजीपी कुँवरले संगठनका तर्फबाट विभिन्न समयमा ज्यान गुमाएका प्रहरी कर्मचारीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, घाइते तथा उपचाररत प्रहरीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै, नेपाल प्रहरीको स्थापनादेखि हालसम्म योगदान पुर्‍याएका अग्रजहरूप्रति सम्मान प्रकट गरेका छन्।

सुरक्षा चुनौती र प्रहरी संगठनको भूमिकामा जोड
उनले आफ्नो कार्यकालमा अपराध रोकथाम, अनुसन्धान र कानुन कार्यान्वयनका क्रममा सुरक्षा चुनौतीहरू सामना गर्नुपरेको उल्लेख गर्दै प्रहरी संगठनका सम्पूर्ण कर्मचारीहरूको व्यावसायिकता, अनुशासन र निष्ठाले ती चुनौतीहरू पार गर्न सम्भव भएको बताएका छन्।

‘संवेदनशील घडीमा हामीबीचको आपसी एकता, धैर्यता र स्व(अनुशासनकै कारण संगठनलाई अझ मजबुत बनाउन सफल भएका छौँ। अपराध अनुसन्धान, सुरक्षा संवेदनशीलता र कर्तव्य निष्ठाको कारण हामीले राष्ट्रप्रति आफ्नो दायित्व इमान्दारीपूर्वक पूरा गरेका छौँ,’ कुँवरले भनेका छन्।

संस्थागत सुधार, प्रविधिको प्रयोग र यूएन मिसन पुनः सञ्चालनको पहल
आईजीपी कुँवरले आफ्नो कार्यकालमा संगठनको संस्थागत विकास, प्रहरी कर्मचारीहरूको वृत्ति विकास, सेवा सुविधाको विस्तार तथा प्रविधि प्रयोगलाई प्राथमिकता दिएको बताएका छन्। उनले लामो समयदेखि रोकिएको संयुक्त राष्ट्रसंघीय (यूएन) शान्ति मिसन पुनः सञ्चालनका लागि गरिएको पहलबाट चाँडै नेपाल प्रहरीका अधिकृत तथा जवानहरू अन्तर्राष्ट्रिय मिसनमा सहभागी हुने आशा व्यक्त गरेका छन्।

भविष्यका प्रहरी नेतृत्वलाई शुभकामना
संगठनलाई अझ मजबुत बनाउन निरन्तर प्रयासरत रहन आग्रह गर्दै आईजीपी कुँवरले आगामी नेतृत्वलाई सफलता तथा नेपाल प्रहरी संगठनको निरन्तर विकासको शुभकामना दिएका छन्।

‘नेपाल प्रहरीलाई देश र जनताको सेवामा समर्पित, मुलुककै उत्कृष्ट सुरक्षा संगठनको रूपमा स्थापित गर्न तपाईँहरूको भूमिकाको महत्त्वपूर्ण रहनेछ। तपाईँहरूको सफल व्यावसायिक जीवनको लागि शुभकामना व्यक्त गर्दछु,’ कुँवरले उल्लेख गरेका छन्।

नेपाल प्रहरी संगठनको नेतृत्व सम्हालेका कुँवरले आफ्नो कार्यकालमा प्रहरी सेवामा भएका सुधार, नीति निर्माण, अपराध अनुसन्धान प्रणालीमा भएका परिवर्तनहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

सम्बन्धित समाचार : गृह मन्त्रालयद्वारा प्रहरी महानिरीक्षक कुँवरको बिदाइ

प्रतिक्रिया दिनुहोस