२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईजिपी कुँवरसहित ९ प्रहरी अधिकारी अनिवार्य अवकाशमा, नेतृत्वका लागि प्रतिस्पर्धा चुलिँदै

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) बसन्तबहादुर कुँवरसहित ९ जना वरिष्ठ प्रहरी अधिकारी भोलि (सोमबार) बाट अनिवार्य अवकाशमा जाँदैछन्।

प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा गरेपछि ४ चैतको राति १२ बजेबाट कुँवरसहित अन्य प्रहरी अधिकारी अवकाशमा जान लागेका हुन्। यसअघि पनि सोही नियमअनुसार उमेर हदका कारण प्रहरीका वरिष्ठ अधिकारीहरू अवकाश पाइसकेका छन्।

आईजी कुँवरसँगै अतिरिक्त महानिरीक्षक(एआईजी) टेकप्रसाद राई, बुद्धिराज गुरुङ, कुवेर कडायत, दुर्गा सिंह र जनकराज भट्टराई अवकाशमा जाँदैछन्। यस्तै, प्रहरी नायब महानिरीक्षक (डिआइजी) गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि भोलिदेखि अनिवार्य अवकाशमा जाने भएका छन्।

उनीहरू २०५१ सालको प्रहरी ब्याचका अधिकारी हुन्, जसले ५ चैत २०५१ मा प्रहरी सेवामा प्रवेश गरेका थिए। सोही ब्याचका एसपी श्यामकुमार राई र सञ्जयबहादुर राउत केही दिनअघि नै अवकाशमा गइसकेका छन्।

आईजी कुँवरको अवकाशपछि नयाँ प्रहरी महानिरीक्षक नियुक्ति प्रक्रिया अघि बढ्नेछ। हाल आईजिपीका लागि प्रतिस्पर्धामा रहेका एआईजी दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ मुख्य दाबेदारका रूपमा अघि आएका छन्।

नयाँ आईजिपीको नियुक्तिसँगै एआईजी र डिआइजी पदका बढुवाका प्रक्रिया पनि अघि बढ्नेछ। यसका लागि प्रहरी संगठनभित्र आन्तरिक प्रतिस्पर्धा तीव्र हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस