२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोर्खा ट्रेल ब्लेजरको उपाधि लिम्बू र सेर्मालाई

अ+ अ-

सुनसरी । आज सम्पन्न तेस्रो गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ सुरज लिम्बू र महिलातर्फ पुष्प सेर्माले जितेकी छिन् । प्रतियोगिता गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालको आयोजनामा भएको प्रतियोगितामा धरान उपमहानगरपालिका-१८ को संयोजन र धरान उपमहानगरपालिकाको सहयोग रहेको थियो ।

उपाधि विजेता सुरज लिम्बूले ३४ मिनेट ४५ सेकेन्ड र पुष्पा सेर्माले ४५ मिनेट ३४ सेकेन्डमा दौड पूरा गरे । विजेता दुवै जनालाई नगद रु. २० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरियो । विजेता दुवै जनाले सन् २०२६ मा हङकङमा आयोजना हुने गोर्खा ट्रेल रनमा सहभागी हुन पाउने गोर्खा ट्रस्टका अध्यक्ष महेन्द्र राईले जानकारी दिए ।

जीवित वीर गोर्खा सैनिकको सम्मानमा आयोजना हुँदै आएको प्रतियोगिताअन्तर्गत धरान-१८ स्थित रत्न चोकबाट सुरु भएको दौड मंगलबारे, सर्दु पुल, भञ्ज्याङ हुँदै गोर्खा स्मृति पार्क पुगेर समापन भएको थियो । प्रतियोगितामा सुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर, तेह्रथुम, पाँचथर, धनकुटालगायत जिल्लाबाट ४०० बढीको सहभागिता रहेको अध्यक्ष राईले बताए ।

प्रतियोगिताका अवसरमा दोस्रो विश्वयुद्ध लडेका खोटाङ जन्ते ढुंगा निवासी हाल बेलटार बसोबास गर्ने १०२ वर्षीय जीवित पूर्वब्रिटिस गोर्खा सैनिक दलबहादुर राई र धरान १८ रत्नचौक निवासी ज्येष्ठ नागरिकहरूलाई  सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस