काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका-३ घर भएका हाल काठमाडौँ महानगरपालिका-६ बस्दै आएको ४९ वर्षीय कुयाङछुयाङ दोर्जे लामा छन् ।
प्रहरीका अनुसार दोर्जे लामालाई जिल्ला अदालत काठमाडौँबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुधबार अनामनगरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।