७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निटफेस्टमा १२ देशका १७ नाटक

अ+ अ-

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणमा १२ देशका १७ नाटक मञ्चन हुने भएको छ । मण्डला थिएटरद्वारा आयोजना गरिने महोत्सव यही चैत ६ देखि १२ गतेसम्म चल्ने महोत्सवका संयोजक केदार श्रेष्ठले जानकारी दिए । 

उनले भने, “हामीलाई विश्वभरबाट एक सय १५ नाटक प्राप्त भएका थिए । तीमध्येबाट १० विदेशी र २ नेपाली गरी १२ वटा नाटक छनोट गरिएको छ । त्यसबाहेक मण्डला थिएटरबाट एक, तीन सहरका स्थानीय आयोजकका तीन र चौतारी नाटक एक गरी जम्मा १७ नाटक महोत्सवमा मञ्चन गरिने छ ।”

श्रेष्ठका अनुसार नेपालबाट ‘झोडा’ र ‘सामा चाको सामा चाको अहिवा हे’, जापान र नेपालको ‘कन्दाता एन्ड शकुन्तला’, भारतको ‘एबओर्जिनल क्राइ’ र  ‘तमासा’, चीनको ‘मोचौ मोचौ’, ट्युनिसियाको ‘एसेच’, इरानको ‘एन्टिगोन’, लिुथआना र स्पेनको ‘अराइभ्ड’, चीनको ‘चार्मिङ जिन्जु ओपेर एपिसोड्स’लगायतका नाटक छनोट गरिएको छ । 

‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च: रैथाने ज्ञानको उज्यालो’ नारासहित हुने महोत्सव काठमाडौँस्थित मण्डला थिएटरसँगै पोखरा, भरतपुर र बेलबारीमा पनि हुँदैछ । संयोजक श्रेष्ठले महोत्सवमा एक सय भन्दा बढी विदेशी कलाकारहरू आउने, स्कटल्यान्ड, चीन र जर्मनीका कलाकारद्वारा तीन फरक कार्यशालासँगै कला प्रदर्शनी, सङ्गीत, नृत्य प्रदर्शनी हुने जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस