बारा । जीतपुरसिमरा उपमहानगरपालिका बजनीबाट अवैध लागू औषध गाँजा करिब १३ किलो ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका-१ बस्ने ५० वर्षीया सुशीला गोलेलाई अस्थायी प्रहरी पोष्ट रामबनबाट खटिएको प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो ।
हेडौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना.८ ख ६०६१ नम्बरको माइक्रोलाई जाँच गर्ने क्रममा माइक्रोमा सवार उनलाई उक्त गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
गोलेलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।