२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोङका एक सय २१ किसान ‘गुरु किसान’

अ+ अ-

इलाम । रोङ गाउँपालिकाले एक सय २१ जनालाई ‘गुरु किसान’का रूपमा छनोट गरेर अभिमुखीकरण तालिम दिएको छ । करिब चार हजार पाँच सय किसान मध्ये पहिलो चरणमा ती किसानलाई छनौट गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले उत्पादकत्वमा प्रतिस्पर्धा गराउन उक्त कार्यक्रम ल्याएको जानकारी दिए ।

छ वटै वडामा वडास्तरीय अभिमुखीकरण तालिम चलाएको पालिकाले छानिएकालाई ‘गुरु किसान’ के हो रु उनीहरूको काम, कर्तव्य, अधिकार र अबको भूमिकाका सम्बन्धमा तालिम दिएको जनाएको छ । “अहिले एक सय २१ जना छानिनुभएको छ, यो सङ्ख्या क्रमशः वृद्धि हुन्छ”, गाउँपालिका अध्यक्ष स्याङ्बोले भने, “किसानलाई उत्पादकत्वमा प्रतिस्पर्धा गराउन गाउँपालिकाले विगत वर्षदेखि यो अवधारणा अघि सारेको हो ।” यो अवधारणा नेपालमा नै पहिलो भएको गाउँपालिकाको दाबी छ । यही चैत ७ गते एक कार्यक्रमका बीच औपचारिक रूपमा ‘गुरु किसान’ घोषणा गरिने स्याङ्बोले बताए ।

रोङ–१ बडारेका मनबहादुर राईले १२ रोपनी क्षेत्रफलमा १५ मन अलैँची उत्पादन गरे । “मल, जल र सिँचाइ समयमा पुग्यो भने कम क्षेत्रफलमा पनि धेरै उत्पादन लिन सकिँदो रहेछ”, किसान राईले भने, “आउँदो वर्ष यही खेतीमा अझ मेहेनत गरेर उत्पादन वृद्धि गर्ने लक्ष्य छ ।”

यहाँकै कतिपय किसानले ३० रोपनी क्षेत्रफलमा खेती गर्दा १० मन अलैँची उत्पादन गर्न सकेका छैनन् । कम क्षेत्रफलमा बढी उत्पादन गर्ने किसानलाई ‘गुरु किसान’का रूपमा छनोट गरी उत्पादकत्वमा प्रतिस्पर्धा गराउन गाउँपालिकाले नयाँ अवधारणा अघि सारेको अध्यक्ष स्याङ्बोको भनाइ छ ।

पहिलो चरणमा छनोट भएकाहरूलाई अभिमुखीकरण तालिम दिएको उपाध्यक्ष विष्णुमाया भुजेलले बताए । किसानलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले गुरु किसान कार्यक्रम ल्याइएको उपाध्यक्ष भुजेलको भनाइ छ । “उत्पादन, प्रशोधन र बजारीकरणमा विशेष प्राथमिकता दिँदै सञ्चालन गरिएको गुरु किसान परियोजनाले दक्ष एवं अग्रज किसान छनोट गरेर उहाँहरूलाई पुलको रूपमा उपयोग गरी गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य छ ।” 

किसानलाई उत्पादकत्वमा प्रतिस्पर्धा गराउन यो अवधारणा ल्याइएको अध्यक्ष स्याङ्बोको भनाइ छ । “उत्पादकत्वमा ख्याल गर्ने मेहनती किसान, सबै व्यवस्थापनलाई चुस्त राख्ने किसान, क्वालिटी, क्वान्टिटी र कन्टिन्यु प्रोडक्सन गर्ने किसानलाई गुरु किसान भनेका छौँ”, उनले भने, “आफूले जानेको सीप छिमेकीलाई सिकाउनेलाई गुरु किसान भनिएको हो । अब लगानी गर्दा गुरु किसानमार्फत नै गरिन्छ । अहिले एक सय २१ गुरु किसानबाट सुरु गरेका छौँ, भोलि एक हजार पुग्न सक्छ ।”

किसानको उत्पादन, परिमाण, गुणस्तर र निरन्तर उत्पादनजस्ता कुरामा एकरूपता ल्याउन गुरु किसान कार्यविधिलाई कार्यपालिकाले स्वीकृत गरेको वडा नं ६ का अध्यक्ष सत्यमकुमार राईले बताए । पालिकाले गुरु किसानलाई लागो, पहिचान खुल्ने पहिरन, उहाँहरूले अध्ययन गर्ने पुस्तक, बोक्ने ब्याग, अभिलेख डायरी दिएको छ । “व्यावसायिक तालिममा जोडेर उहाँहरूको क्षमता विकासमा टेवा पुर्‍याउने काम गर्छौँ । प्रविधि हस्तान्तरणसहित उत्पादकत्वमा प्रतिस्पर्धा गराउँछौँ”, उपाध्यक्ष भुजेलले भने, “कार्यक्रमअन्तर्गत थोरै जमिन र कम लागतमा धेरै उत्पादन गर्ने मेहनती र अगुवा किसानलाई पालिकाले सम्मान गर्ने कार्ययोजना छ ।”

कार्यक्रमअन्तर्गत पालिकाले किसानलाई तालिम, गोष्ठी, आधुनिक औजार खरिदमा समेत मद्दत गर्ने बताएको छ । कृषि पेसाबाट किसान पलायन हुँदै गएको अवस्थामा यो कार्यक्रमले थप हौसला प्रदान गरेको गुरु किसान दिलकुमार अर्यालले बताए। “यो कार्यक्रम उत्कृष्ट लाग्यो । किसानले उत्पादन गरे पनि बजारीकरण गर्न नसक्दा प्रतिफल पाएका थिएनौँ । कृषि पेसा नै छाड्नुपर्छ भन्ने निराशा बढेको थियो । यस्तो बेलामा पालिकाको यो कार्यक्रमले प्रोत्साहन भएको छ”, कृषक अर्यालले भने । 

आधुनिक खेती पद्धतिको विकास गर्दै पालिकालाई समृद्ध बनाउन सुरु गरिएको गुरु किसान परियोजनाले यहाँका किसानमा खेतीप्रति जाँगर थपिएको कृषक माया राई बताउछन् । कृषक राम आचार्य भन्छन्, “किसान त हामी पहिलेबाटै थियौँ । तर, यो कार्यक्रमले  किसानमा पनि आधुनिक खेती प्रणालीको विकास गर्न जरुरी रहेछ । शिक्षित हुनुपर्ने रहेछ भन्ने कुराको बोध भएको छ ।”

प्रतिक्रिया दिनुहोस