काठमाडौँ । आकर्षक तलबमा सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका-७ घर भई हाल काठमाडौँको टोखा बस्दै आएका ३५ वर्षीय सर्बराज बिसी रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पीडितसँग ४ लाख रुपैयाँ लिएर बिसी सम्पर्कविहीन भएको उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा शुक्रबार उनलाई टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिसीमाथि थप अनुसन्धान भइरहेको छ ।