काठमाडौँ । सरकारले दुई सचिवको सरुवा गर्दै एक वरिष्ठ सहसचिवलाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यो महत्त्वपूर्ण निर्णय गरेको हो।
प्रशासन सिंहदरवार विशेष ब्युरो स्रोतका अनुसार कर्णाली प्रदेशका प्रमुख सचिव लोकनाथ पौडेललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ। त्यस्तै, सचिव सुमनराज अर्याललाई राष्ट्रिय योजना आयोगको सचिवका रूपमा जिम्मेवारी तोकिएको छ।
यससँगै, सचिव बढुवा सिफारिसमा परेका वीरेन्द्र कुमार यादवलाई कर्णाली प्रदेशको प्रमुख सचिवको रूपमा नियुक्त गर्ने निर्णय भएको स्रोतले जानकारी दिएको छ।