काठमाडौँ । व्यास नगरपालिकाले चार कर्मचारी निलम्बित गरेको छ ।
सरसफाइ व्यवस्थापनका लागि जग्गा खरिद गर्ने क्रममा बदमासी गरेको आरोपमा चार जना कर्मचारीलाई निलम्बन गरिएको हो ।
नगरपालिकाका अनुसार कर्मचारीले बदमासी गरेको अडियो सार्वजनिक भएपछि बुधवार कार्यपालिकाको बैठकले वरिष्ठ आन्तरिक लेखा परीक्षण अधिकृत एवम् नगरपालिकाका सूचना अधिकारी कुमार कञ्चन जिसी, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, सरसफाइ शाखा प्रमुख कृष्ण घिमिरे र सवारी चालक कुशेश्वर गुरुङलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
जग्गा खरिद प्रक्रियामा नगरपालिकाका यी कर्मचारीहरूको अडियो सार्वजनिक भएकोले छानबिनको लागि निलम्बन गरिएको उल्लेख गरिएको नगरपालिकाको भनाई छ ।