काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लोक सेवा आयोगबाट ५ सय चिकित्सक ल्याउन मन्त्रिपरिषद्बाट स्वीकृति लिइसकेको जानकारी गराएका छन् ।
मंगलबार काठमाडौँमा नेपाल चिकित्सक संघको ७५ औँ स्थापना दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसबारे जानकारी गराएका हुन् ।
‘एकै पटक लोक सेवा आयोगबाट ५ सय डाक्टर लिनका निम्ति हामीले क्याबिनेटबाट ओएनएमको सैद्धान्तिक स्वीकृति गराएका छौँ,’ स्वास्थ्य मन्त्री पौडेलले भने ।
त्यस्तै, चिकित्सक र नर्सहरूलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमिक दिने गरी सरकारले काम अघि बढाइरहेको बताएका छन् ।
‘सरकारीमा पनि तलब बढाउने र निजीमा पनि यस्तो पारिश्रमिकले पुग्दैन,’ पौडेलले सम्बोधनको क्रममा भनेका छन् ।