काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी शर्मा ओलीले प्रधानमन्त्री भएर राष्ट्रको जीवनमा असाधारण काम गरेको दाबी गरेका छन् ।
‘केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै ओली प्रधानमन्त्री हुँदा नाकाबन्दीको सामना गरेको स्मरण गरे ।
उनले भने, ‘नाकाबन्दीको सामना गर्ने कुरो होस् चाहे नयाँ नक्सा प्रकाशित गर्ने कुरा होस् । चाहेन जनामा मुर्झाएका सपनालाई जागृत गरेर विकास र समृद्धिको बाटोमा मुलुकलाई अगाडि बढाउने कुरा हो ।’
राष्ट्रियताको प्रश्नमा दिशा निर्देश गर्ने कुरामा पनि अग्र स्थानमा रहे पनि अहिले प्रहार र घेराबन्दी भइरहेको बताए । उनले सामाजिक सञ्जालमा समाजमा सबैभन्दा धेरै आलोचनाको पात्रको रूपमा केपी ओलीलाई चित्रण गराइएको भन्दै आपत्ति जनाए ।