काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले भक्तपुर सल्लाघारीबाट खलढुंगा माने भन्ज्याङ गाउँपालिका-६ घर भएका हाल काठमाडौँ महानगरपालिका-६ सरस्वती नगर बस्ने ५० वर्षीय अडविर राईलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनी लेनदेनको विषयमा ढुंगा प्रहरी गरी हत्या गरेको घटनामा फरार भएका थिए । उनलाई उपर काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







