१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा.शेखर कोइरालाद्वारा प्रकृति लम्सालको परिवारलाई भेट, निष्पक्ष छानबिनको माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले भारतको उडिसास्थित केआईआईटी कलेजमा भएको दुखद घटनामा परी निधन भएकी प्रकृति लम्सालको परिवारलाई भेटी घटनाको निष्पक्ष छानबिनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको बताएका छन्।

कोइराला रुपन्देहीको भैरहवास्थित लम्सालको निवासमा पुगेर उनका बुवा, आमा, हजुरबुवा र भाइसँग भेटघाट गरेका थिए। भेटका क्रममा उनले नेपाल सरकार र नेपाली काँग्रेसले घटनालाई अत्यन्तै गम्भीर रूपमा लिएको र सत्य तथ्य बाहिर ल्याई दोषीमाथि कडा कारबाहीको पहल भइरहेको बताए।

उनले उक्त कलेजमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि आवश्यक पहल भइरहेको समेत जानकारी दिए। ‘विद्यार्थीहरू सहज रूपमा होस्टेल फर्कन, बस्न र अध्ययन गर्न सक्ने वातावरण सुनिश्चित गर्न पहल भइरहेको छ’ कोइरालाले भने।

लम्सालको परिवारलाई भेट्न कोइरालासँगै काँग्रेसका सहमहामन्त्री जीवन परियार, संघीय सांसद सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्डबिक्रम न्यौपाने, काँग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललगायत नेताहरू पुगेका थिए।

प्रतिक्रिया दिनुहोस