१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राध्यापक संघले भन्यो-केयूलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सक्ने भिसी ल्याऊ

अ+ अ-

काठमाडौँ। काठमाडौँ विश्वविद्यालयको प्राध्यापक संघले विश्वविद्यालयमा स्रोत जुटाउने र अन्तर्राष्ट्रियस्तरमा चिनाउन सक्ने व्यक्तिलाई उपकुलपति बनाउन अनुरोध गरेको छ ।

बिहीबार विज्ञप्ति निकालेर प्राध्यापक संघले स्रोत जुटाउने र अन्तर्राष्ट्रियस्तरमा चिनाउन सक्ने व्यक्तिलाई उपकुलपति बनाउन अनुरोध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नयाँ उपकुलपति नियुक्त गर्दा उपकुलपतिको नियुक्ति कार्यविधि भित्र रहेर प्राध्यापक, कर्मचारी र विद्यार्थीको समस्या बुझेको, श्रोत जुटाउन सक्ने, विश्वविद्यालयलाई अन्तराष्ट्रिय स्तरको बनाउन सक्ने क्षमतावान् व्यक्तिलाई नै उपकुलपति नियुक्त गर्न अनुरोध छ।’

नयाँ उपकुलपतिको नियुक्ति लम्बिँदा प्राध्यापकहरुबीच नै असमञ्जस्यता, मनगढन्ते बयानबाजी एवं विवाद देखिएको भन्दै संघले ध्यानाकर्षण गराएको छ ।

‘गैर प्राज्ञिक गतिविधि बढेको तथा राजनीतिक खिचातानीको विषय बनाइएको लगायतका कारणले प्राज्ञिक वातावरण धुमिलिएको हुँदा अझै पनि विलम्ब नगरी तीन दिन भित्रमा आवश्यक प्रक्रियालाई टुङ्ग्याई नयाँ उपकुलपति छनौट गरी कार्य सम्पन्न गर्नुहुनका निम्ति काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

तीन दिनभित्र उपकुलपति नियुक्त नगरे आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने समेत संघले चेतावनी दिएको छ ।

विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस