काठमाडौँ। बिहीबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४९.१५ अंकले बढेर २८१५.०४ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स २.१२ प्रतिशतले बढेर ४६९.८२ विन्दुमा अडिएको छ।
आज सबै समूहको शेयर बढेकोमा बैंक समूह ३ प्रतिशतभन्दा धेरै र उत्पादन समूह झन्डै ३ प्रतिशतले उकालो लागेको छ ।
आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, अपर हेवा खोला जलविद्युत्, सिन्धु विकास बैंक, दोर्दी खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन गएको मङ्गलवार ९ अर्ब ९० करोडको शेयर कारोबार भएकोमा आज ३ सय वटा कम्पनीका २ करोड ६१ लाख कित्ता शेयर ११ अर्ब ३९ करोड रुपैयाँमा कारोबार भएका छन् ।