२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल्पाका सबै स्थानीय तहमा आज सार्वजनिक बिदा

अ+ अ-

पाल्पा । मगर समुदायको बाहुल्यता रहेको जिल्लामा आज ४३ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम आयोजना गरी मनाईँदैछ । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ-संस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेका हुन् ।

नेपाल मगर संघको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइने गरिन्छ । आदिवासी जनजाति समुदाय अन्तर्गत रहेका देशैभरका मगर समूह, संघ संस्थाले यो दिवस मनाउँदै छन् । मगरहरूको सांगठनिक पर्वका रूपमा यो दिवसलाई लिने गरिन्छ ।

जिल्लाका विभिन्न स्थानमा आज भव्य सांस्कृतिक झाँकी प्रदर्शनसहितका सांस्कृतिक कार्यक्रम हुँदै छन् । नेपाल मगर संघ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिका स्तरीय कार्यक्रमको आयोजना गर्दै छन् । आज जिल्लाको रामपुर माथागढी, तिनाउ, निस्दीलगायतका स्थानमा भव्य सांस्कृतिक कार्यक्रम हुँदै छन् । यहाँका १० वटै स्थानीय तहले आज सार्वजनिक बिदा समेत दिएका छन् । 

जिल्लामा ५४ प्रतिशतभन्दा धेरै मगरको बसोबास रहेको छ । बि.सं. २०३९ फागुन १५ गते नेपाल लांघली परिवार संघको प्रथम अधिवेशन सम्पन्न भएको सम्झनामा मगर समुदायले मगर दिवसको रूपमा मनाउन सुरु गरेका हुन् । मगर स्थापना दिवसको अवसरमा सबै जिल्लाको जिल्ला मगर संघ नगर र गाउँपालिका स्तरीय मगर संघसँगै विदेशमा रहेका मगरसँग आबद्ध संघ संस्थाले मगर स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर संघले जनाएको छ ।

पाल्पामा मगरी कला, संस्कृति निकै लोकप्रिय रहेका छन् । यहाँको मगरी कला संस्कृति झार्मे, सालेजो, कौडा, मारुनी, ठूलो नाच, झ्याउरे संस्कृतिमा मगरसहित सबै समुदाय रमाउने गरेका छन् । पाल्पाका सबै स्थानीय तहदेखि वडा-वडा टोल टोलमा समेत मगर एकता दिवस भव्यताका साथ मनाउन लागि नेपाल मगर संघ पाल्पाकी अध्यक्ष शान्ति झेडी थापाले जानकारी दिइन् ।

नेपाल मगर संघ केन्द्रीय समितिको मातहतमा अहिले सातवटै प्रदेशमा प्रदेश समिति, ७७ जिल्लामध्ये ६८ जिल्लामा जिल्ला समिति, सात सय ५३ स्थानीय तहमध्ये पाँच सय ३० गाउँपालिका/गरपालिकामा स्थानीय तहमा समिति गठन भइसकेको छ । अहिले नेपाल मगर संघमा विभिन्न क्षेत्रगत, पेसागत र थरगत संस्था आबद्ध भई क्रियाशील भइरहेका छन् । संघले मगरलाई गोलबन्द गर्नका लागि जहाँ मगर त्यहाँ मगर संघ जहाँ मगर संघ त्यहाँ मगरात स्वायत्तता भन्ने सांगठनिक नारा बनाएर सांगठनिक अभियान बनाएर अगाडि बढाएको छ ।