२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्धुलीगढीमा सेना दिवसको अवसरमा ‘एकीकरण पदयात्रा’ समापन

अ+ अ-

सिन्धुलीगढी । नेपाली सेनाको सिन्धुली जिल्लास्थित भवानी बक्स गणले हरिहरपुरगढी देखि सिन्धुलीगढी एकीकरण पदयात्रा एक औपचारिक कार्यक्रम बिच सिन्धुलीगढीमा समापन गरिएको छ ।

नेपाली सेनाले ७ फागुनमा ऐतिहासिक स्थल हरिहरपुरगढीदेखि सुरु गरेको पदयात्रा ऐतिहासिक सिन्धुलीगढीमा महाशिवरात्रि तथा २६२ औ सेना दिवस-२०८१ को उपलक्ष्यमा विशेष कार्यक्रमका साथ पदयात्रा समापन गरेको हो ।

नेपाली सेनाका ४५ जनाको समूहले आठ दिनसम्म लगाएर पदयात्रा गरेका थिए । आठ दिनमा ७५ किलोमिटर पदयात्रा गरिएको पदयात्रामा सहभागी भएका सैनिकले जनाएका छन् ।

पदयात्रा सकेर सिन्धुलीगढी आइपुगेका नेपाली सेनाका अधिकृत तथा जवानहरूलाई सम्मान गर्दै कमलामाई नगरपालिका प्रमुख उपेन्द्र पोखरेलले ऐतिहासिक हरिहरपुरगढी किल्लादेखि सिन्धुलीगढीसम्म पदयात्रा गरेर पर्यटकीय क्षेत्रलाई चिनाउन थप मद्दत नेपाली सेनाले गरेको बताए । उनले नेपाली सेनाले आठ दिने कठिन यात्रा गरेको भन्दै सम्मान गरे ।

नेपाली सेनाले जिल्लामा विपद् पर्दादेखि अन्य अप्ठ्यारो समयमा सहयोग गर्ने गरेको भन्दै उनले पदयात्राले जिल्लाको पर्यटकीय क्षेत्रलाई चिनाउन र संरक्षण गर्न सहयोग पुग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस