काठमाडौँ । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा म्यानमारले दुई मिनेटभित्रै दुई गोलको अग्रता लिएको छ ।
६२ औँ मिनेटमा गोल गर्दै नेपाललाई पछि पारेको म्यानमारले दुई मिनेटभित्रै अर्को गोल पनि थप्यो ।
६२औँ मिनेटमा लेफ्टसाइडबाट यु पर कियाङले ओभरल्यापमा बललाई जाली चुमाउँदै म्यानमारलाई अग्रता दिलाएकी थिइन् ।
दुई मिनेटभित्रै नेपालले दोस्रो गोल खायो । लामो फ्रिकिक प्रहारलाई गोलकिपर एञ्जिलाले नियन्त्रणमा लिन नसकेपछि समीक्षाको शरीरमा लाग्दै बलले जाली चुम्यो । विङ तेइन्जी तुनले म्यानमारको अग्रता दोब्बर पारिन् ।