काठमाडौँ । भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्षहरू नेपाल आएका छन् । नेपाली सेनाको निमन्त्रणमा उनीहरू सोमबार नेपाल आएका हुन् ।
महाशिवरात्रि एवं नेपाली सेनाको स्थापनाको २ सय ६२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनीहरू नेपाल आएका हुन् ।
जंगीअड्डाका अनुसार जनरल जोगिन्दर जसवन्त सिंह (अ.प्रा.), जनरल दीपक कपुर (अ.प्रा.), जनरल (डा.) विजय कुमार सिंह (अ.प्रा.), जनरल दलवीर सिंह सुहाग (अ.प्रा.), जनरल (डा.) मनोज मुकुन्द नरवणे (अ.प्रा.) र जनरल मनोज पाण्डे (अ.प्रा.) नेपाल आएका हुन् ।
उनीहरूले विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।