काठमाडौँ । भारतको पश्चिम बंगालमा मंगलबार (आज) बिहान भूकम्प गएको छ। स्थानीय समयअनुसार ६ः १० बजे पश्चिम बंगालमा ५.१ रेक्टर स्केलको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले सामाजिक सञ्जाल एक्समा भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा ९१ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।