काठमाडौँ । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
गए राति सोमबार साँझ ६ बजे बागलुङको बडीगाड गाउँपालिका-९ दर्लिङस्थित भित्री सडक खण्डमा लु ३ च ५५६९ नं. को पिकअप भ्यान उकालोमा ब्रेक फेल हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले प्रशासनलाई बताए ।
प्रहरीका अनुसार निसीखोला गाउँपालिका वडा नम्बर-७ चोलाङका ७५ वर्षीय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका वडा नम्बर ५ नाथुरेका ३५ वर्षीय जुना कँडेलको मृत्यु भएको हो ।