काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले ३० बुँदे प्रतिबद्धता पारित गरेका छन्। हालै काठमाडौँमा भएको पालिका प्रमुखहरूको राष्ट्रिय भेलाले सामूहिक प्रतिबद्धता जनाएको हो।
पत्रमा भनिएको छ, ‘पालिकामा हुने काममा अनियमितता र भ्रष्टाचार हुन दिने छैनौँ। पालिकामा सुशासन सुनिश्चित गर्नेछौँ।पालिकाहरूमा सरलीकृत प्रक्रिया, प्रविधिको प्रयोग, घरदैलो सेवा र तत्काल गुनासो सुनुवाइको माध्यमबाट सार्वजनिक सेवा प्रवाहलाई अझ बढी द्रुत र सेवाग्राहीमैत्री बनाउनेछौँ ।’


