काठमाडौँ । लोक सेवा आयोगले सैन्य पदको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निश्चित गरेको छ।
आयोगको केन्द्रीय कार्यालयले आइतबार एक सूचना जारी गर्दै, सैन्य पदको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो।
लोक सेवा आयोग, बुटवल कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको वि.नं. ०८१/८२/०२ (खुला समावेशी), सैन्य पदको लागि श्री मध्य पश्चिम पृतना हे. क्वा. योगीकुटी, बुटवलबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारको परीक्षा केन्द्र कायम गरिएको छ ।
हेर्नुहोस् सूचना :
