काठमाडौँ । बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु भएको छ ।
जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ को सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको भिरबाट लडेर मृत्यु भएको हो ।
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिल घर भएका प्रहरी हवल्दार खडायत बुधवार बेलूकी घरबाट कार्यालय गइरहेका बेला भिरबाट लडेर गम्भीर घाइते भएका थिए ।
तत्काल उनलाई गोकुलेश्वर अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।