२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाबुराम भट्टराई र मोहन वैद्य तत्काल एकतामा आउने सम्भावना छैन : चक्रपाणि खनाल

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल ‘बलदेव’ले अब माओवादीले कसैको वैशाखी टेक्नु नपर्ने दाबी गरेका छन् ।

माओवादी केन्द्र बुटवल उपमहानगरको तेस्रो नगर अधिवेशन उद्घाटन समारोहमा उनले माओवादीले स्थानीय तहको उपनिर्वाचनमा दोस्रो स्थान हासिल गरेको उल्लेख गर्दै २०८४ को निर्वाचन एक्लै लड्ने बताएका हुन् ।

नेता खनालले २०६४ सालको निर्वाचनमा जनताले अपार माया देखाए पनि आफ्नो कमजोरीका कारण काँग्रेस एमालेसँग गठबन्धन गर्नुपर्ने अवस्था आएको भन्दै २०८४ को निर्वाचन एक्लै लड्ने उद्घोष गरे ।

‘२०८४ को जस्तो अवस्थामा नै फर्कन्छौँ भन्ने त नहोला तर ठूलो पार्टी बनिन्छ जनतामा जाऔँ अहिले माओवादीप्रति जनताको आशा देखिएको छ’, उनले भने ।

माओवादी नेतृत्वको सरकारले भ्रष्टाचार र वेथितिविरूद्ध अभियान सुरु गरेको उल्लेख गर्दै उनले वर्तमान सरकार भ्रष्टाचारीको संरक्षणमा लागि परेको आरोप लगाए । भ्रष्टाचारीहरूको लहरो तान्दै जाँदा ठुलै घरानासमेत पर्ने देखिएपछि जालझेल गरेर माओवादी नेतृत्वको सरकार ढालिएको बताए ।

नेता खनालले विचार मिल्ने शक्तिहरूलाई एकतामा आउन आग्रह गरे । छिन्नभिन्न हुँदा माओवादी शक्ति कमजोर भएको भन्दै उनले विचार मिल्ने शक्तिहरू एकता गर्नुको विकल्प नभएको बताए हुन् ।

‘बाबुराम भट्टराई र मोहन वैद्य तत्काल एकतामा आउने सम्भावना छैन, विप्लवजी लगायत साथीहरूसँग चाँडै एकता हुँदैछ’, उनले भने ।

नेकपा माओवादी स्थायी कमिटी सदस्य हकिकुल्लाहा खानले एकताबद्ध भएर पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । नेताहरू अब जनताको घरदैलोमा जानुपर्नेमा उनले जोड दिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी एक दर्जन नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस