काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त गरेका छन् ।
गत शुक्रबार मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानबाट प्रा. डा. पलेस्वाँ जोशी लाखे र प्रा. डा. आनन्द शर्मालाई नियुक्त गरेका हुन् ।
यसैगरी डिनमध्येबाट काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन मनोज हुमागाईलाई काउन्सिलको सदस्यमा नियुक्त गरिएको छ ।
निजी क्षेत्रको तर्फबाट डा. सन्तोष राजभण्डारी र उपभोक्ताको तर्फबाट रामेश्वर अधिकारी सदस्य नियुक्त भएका छन् ।