१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशको विकासका लागि ल्याइएका अध्यादेश पारित गरेरै छाड्ने प्रधानमन्त्रीको उद्घोष

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशको विकासका लागि ल्याइएका अध्यादेश संसदबाट पारित गरेरै छाड्ने बताएका छन् । 

दाङको घोराहीमा नेकपा (एमाले) जिल्ला कमिटीद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न आफ्नो नेतृत्वको सरकार केन्द्रित भएको स्पष्ट गर्दै आफूहरू कोही पनि नेपाली पछाडि नपरोस् भन्ने सोच बोकेर अघि बढेको बताएका हुन् । 

नेपाल अब सुरुङमार्ग र पानी जहाजको युगमा प्रवेश गरिसकेको जनाउँदै उनले दाङको देउखुरीमा पनि सुरुङमार्ग बनाउने योजना रहेको सुनाए । “पहिला मैले सुरुङ, पानीजहाज र रेलका कुरा गर्दा धेरैले गिज्याए, अहिले जनकपुरमा त रेल चलिरहेको छ, त्यो विस्तार हुँदै छ, अब नारायणी नदीबाट तपाईँहरू जलयात्रा सुरु गर्न सक्नुहुन्छ, त्यसलाई गंगासम्म लैजान सक्नुहुन्छ, त्यहाँबाट बंगाल जान सक्नुहुन्छ ।’’, उनले भने, “अहिले पुष्पलाल मार्ग, मदन भण्डारी मार्गजस्ता आयोजना निर्माणको काम चलिरहेका छन् । ‘हामी अलमल नगरी मिसन २०८४ तर्फ लाग्नुपर्छ, तपाईँहरूको साथ चाहिन्छ, देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा मेरो हो, कसैले पनि यो अभियानलाई रोक्न सक्दैन ।’’

प्रधानमन्त्री ओलीले एमालेको नेतृत्वले मात्र देश विकास गर्न सक्ने बताउँदै महासचिव शंकर पोखरेललाई चुनाव जिताएर नपठाउँदा विकासको अभियान अघि बढाउन आफूलाई केही समस्या भएको बताए ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्ता बाहिर पुगेपछि अहिले आत्तिएर अनेक आरोप लगाएको टिप्पणी गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध आउने कुनै हल्लाको पछाडि नलग्न आग्रह गरे ।

लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा लागेकालाई राजासँग मिलेर मास्छौँ भनेर हिँडेकाहरू अहिले बाध्यताले लोकतन्त्रसँग सम्झौता गर्न आएका र उनीहरू नै लोकतन्त्रका मसिहा बनेका भन्दै प्रधानमन्त्री ओलीले चेतावनी दिँदै भने, “माओवादीले तत्कालीन राजा ज्ञानेन्द्रसँग लोकतन्त्र मास्ने र प्रचण्ड प्रधानमन्त्री बन्ने गरी सम्झौता गरेको थियो । त्यस्ता मान्छेले हामीलाई लोकतन्त्रको दुहाइ दिन सुहाउँदैन । धेरै बकवास गरेर हिँड्ने हो भने प्रचण्डका धेरै षड्यन्त्रको पर्दाफास गरिदिन नपरोस् ।’’

यसअघि प्रधानमन्त्रीले ओलीले लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस