काठमाडौँ । सत्ता पक्षीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
आजको बैठकमा अध्यादेशलगायतका विषयमा छलफल हुने जनाएको छ ।
यसअघि शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । सो बैठकले सत्ता पक्षीय बैठकमार्फत अध्यादेशका बारेमा निष्कर्षमा पुग्ने निर्णय गरेको थियो।